औषधी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा विष्णु थापाको प्यानलसहित उम्मेदवारीको घोषणा
नेपाल औषधी व्यवसायी संघ मकवानपुरको अध्यक्षमा विष्णु थापाले प्यानलसहित उम्मेदवारी घोषणा गर्नु भएको छ । फागुन १३ गते हुने छैटौं साधारण सभा तथा अधिवेशनमा वर्तमान सहकोषाध्यक्ष रहनु भएका तुल्सी फार्मेसीका सञ्चालक थापाले बिहीबार पत्रकार सम्मेलन गर्दै आफ्नो प्यानल घोषणा गर्नुभएको हो ।
थापा नेतृत्वको प्यानलबाट उपाध्यक्षमा संघर्ष गुरुङ, महासचिवमा भरत बहादुर कार्की, सचिवमा यादव अर्याल, कोषाध्यक्षमा ङाजी लाल लामा (सुसान्त), सह–कोषाध्यक्षमा किशन गुप्ता रहेका छन् । त्यस्तै, सदस्यहरुमा अनिष सुवेदी, सविना बिडारी र सुरेन्द्र श्रेष्ठले उम्मेदवारी घोषणा गर्न भएको छ ।
उम्मेदवारी घोषणा गदै थापाले ९ बुद्धे एजेन्डा सार्वजनिक गर्नुभएको छ । थापाले आफू नेतृत्वको प्यानल विजयी भए व्यवसायीको हक हितमा काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । औषधी व्यवसायी संघ मकवानपुरमा १ सय १६ सदस्य आबद्ध छन् । संघको अध्यक्षमा कार्यवाहक अध्यक्ष नारायणलाल श्रेष्ठले पनि उम्मेदवारी दिने घोषणा गरिसक्नु भएको छ ।







