मनहरी –४, मसिनेमा जंगली हात्तीको आत्रमणबाट एक वृद्धाको मृत्यु
मकवानपुरको मनहरी गाउँपालिका–४, मसिनेमा जंगली हात्तीको आत्रमणबाट एक वृद्धाको मृत्यु भएको छ ।
सोमबार बिहान हात्तीको आत्रमणबाट घाइते भएकी ६४ बर्षीया राधा अधिकारीको उपचारको क्रममा चितवनस्थित मेडिकल कलेजमा मृत्यु भएको हो । बारीमा काम गरिरहेको अवस्थामा उनलाई जंगली हात्तीले आत्रमण गरेको वडा अध्यक्ष प्रकाश थापाले जानकारी दिनुभयो ।
हात्तीको आत्रमणबाट वृद्धा घाइते भएसँगै आक्रोशित स्थानीयले पर्सा राष्ट्रिय निकुञ्जअन्तर्गत् मनहरी–३, लामिटारमा रहेको लामिटार चेकपोष्टमा तोडफोड गरेका थिए । स्थानीयले निकुञ्जका कर्मचारी र नेपाली सेना बस्दै आएको पोष्टमा तोडफोड गरेका हुन् ।







