बागमती प्रदेशमा मानव अधिकार उलंघनका घटना बढे

छहारी संवाददाता
फाल्गुन ७, २०७९

बागमती प्रदेशमा मानव अधिकार उलंघनका घटना धेरै रहेका छन् ।

प्रदेशका विभिन्न जिल्लामा मानव अधिकार उलंघनका घटना धेरै रहेको पाइएको छ । अनौपचारिक क्षेत्र सेवा केन्द्र इन्सेक बागमती प्रदेश हेटौंडा कार्यालयले आइतबार हेटौंडामा पत्रकार सम्मेलन गर्दै मानव अधिकार उलंघनका घटना सार्वजनिक गरेको हो ।

इन्सेक बागमती प्रदेशका अध्यक्ष गणेश भण्डारीले मानव अधिकार उलंघनका घटनापय बिवरण सार्वजनिक गर्नुभएको हो । मानव अधिकार उलंघनका घटना समेटिएको पुस्तक पनि सार्वजनिक गरिएको छ ।

बागमती प्रदेशमा मानव अधिकार उलंघनका घटना

अनौपचारिक क्षेत्र सेवा केन्द्र ९इन्सेक० को मानव अधिकार अनुगमन एक प्रमुख कार्य हो, जुन यसले स्थापनाकालदेखि नै गर्दै आएको छ । सन् २०२२ ९सन् २०२२ जनवरीदेखि डिसेम्बरसम्म० को मानव अधिकार अवस्थाको अनुगमन प्रतिवेदनका रूपमा नेपाल मानव अधिकार वर्ष पुस्तक २०२३ प्रकाशन भएको छ । यो इन्सेकका ७७ जिल्लामा रहेका जिल्ला प्रतिनिधिहरूले सङ्कलन गरेका मानव अधिकार उल्लङ्घन तथा ज्यादतीका घटनाहरूको प्राथमिक सूचनामा आधारित छ ।

इन्सेकले गरेको अभिलेखअनुसार सन् २०२२ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा राज्य पक्षबाट ६ सय २२ जना तथा अन्यपक्षबाट ६ हजार ७ सय ५४ जना गरी जम्मा ७ हजार ३ सय ७६ जना पीडित भए । सन् २०२१ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा ६ हजार २ सय ८५ जना पीडित भएका थिए । गत वर्षभन्दा यो वर्ष १ हजार ९१ जनाले बढी हो । जसमा मानव अधिकार उल्लङ्घनका घटनामा राज्य पक्षबाट ५० जना महिला र ५ सय ७२ जना पुरुष गरी जम्मा ६ सय २२ जना तथा ज्यादतीका घटनामा अन्य पक्षबाट ५ हजार ९ सय ४४ जना महिला, ८ सय ७ जना पुरुष र ३ जना अन्य यौनिक अल्पसङ्ख्यक० गरी जम्मा ६ हजार ७ सय ५४ जना पीडित भएको अभिलेख भयो यस वर्ष राज्यपक्षबाट १ जना महिला र ४ जना पुरुष गरी ५ जनाको हत्या भयो ।

यातनाका घटनामा ४ जना, गिरफ्तारीका घटनामा ८१ जना, जातीय विभेदका घटनामा २२ जना, अमानवीय व्यवहारका घटनामा २५ जना, भेला तथा सङ्गठित हुने अधिकारमा ४ सय ५ जना, धम्कीका घटनामा २७ जना र कुटपिटका घटनामा ४ सय ४५ जना पीडित भएको अभिलेख भयो । यस वर्ष बाल अधिकार उल्लङ्घनका घटनामा १ हजार ४ सय १४ जना बालिका र ३९ जना बालक गरी जम्मा १ हना ४ सय ५३ जना पीडित भए । जसमध्ये बलात्कारका घटनामा १ हजार ९ जना, यौन दुव्यवहारको घटनामा ३३ सय २६ जना बालिका र १९ जना बालक सहित ३ सय ४५ जना बालबालिका बेचबिखनमा ७ जना बालक र ३९ जना बालकसहित ४६ जना, बालविवाहका ३२, नवजात शिशु हत्वा ७ ओटा र विद्यालयमा शारीरिक सजाय दिइएको घटनामा १४ जना पीडित भएको अभिलेख भयो ।

साथै यस वर्ष महिलामाथि हुने हिंसाका घटनामा ४ हजार २ सय २७ जना पीडित भएको अभिलेख भयो । यस वर्ष महिला बेचविखन तथा ओसारपसार प्रयासका घटनामा ४८ जना, घरेलु हिंसाका घटनामा ३ हजार २१ जना, कथित बोक्सीको आरोपमा २३ जना, बलात्कारका घटनामा ६ सय ५ जना, बलात्कार प्रयासका घटनामा १ सय ४५ जना यसैगरी सन् २०२१ मा मानव अधिकार उल्लङ्घन र ज्यादतीका घटनामा १ हजार १ सय ७३ जना पीडित भएका थिए जसमा राज्यपक्षबाट ३ सय ७५ जना र अन्यपक्षबाट ८ सय ९० जना पीडित भएका थिए । महिला अधिकार उलङ्घनका घटनामा सन् २०२२ मा बागमती प्रदेशमा ४ सय ३४ जना पीडित भएको अभिलेख भयो । यस वर्ष बेचबिखनका घटनामा १३ जना, घरेलु हिंसाका घटनामा ९० जना, कथित बोक्सीको आरोपमा ३ जना, बलात्कारका घटनामा १ सय ७१ जना, बलात्कार प्रयासका घटनामा ३५ जना र यौन दुर्व्यवहारको घटनामा १७ जना महिला पीडित भएको अभिलेख भयो ।

साथै परिवारजनबाट महिला मारिएका केही घटनामा पीडितपक्षले हत्याको आरोप लगायो भने आरोपित पक्षले आत्महत्या गरेको भनी बताएको पाइयो । पोष्टमार्टम रिपोर्टमा आत्महत्या देखिएको भन्दै प्रहरीले उजुरी नै नलिएका घटना पनि अभिलेख भए । यस वर्ष बाल अधिकार उल्लङ्घनका घटनामा ४ सय २ जना पीडित भए । जसमध्ये बलात्कारका घटनामा २ सय ८५ जना, यौन दुर्व्यवहारको घटनामा १ जना बालक सहित १ सय २ जना, बालबालिका बेचबिखनमा ७ जना बालकसहित १८ जना, बालविवाहका दुई ओटा र विद्यालयमा शारीरिक सजाय दिइएको २ जना बालिका र ४ जना बालक गरी ६ जना पीडित भएको अभिलेख भयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*