हेटौंडा नगर क्षेत्रमा सार्वजनिक जग्गा कब्जा गरी बनाइएका घर टहरा भत्काउन सुरु

छहारी संवाददाता
फाल्गुन ५, २०७९

हेटौंडा उपमहानगरपालिले अबैध घर टहरा भत्काउन सुरु गरेको छ । हेटौंडा ६ र १५ वडाको सिमानामा रहेको सडकको जमिन कव्जा गरी बनाइएका घर टहरा भत्काइएको हो ।

हटिया– रातोमाटे सडक खण्डको हेटौंडा ६ चित्रेपानीमा सार्वजनिक जमिन र सडक पेटिको भाग कव्जा गरी बनेका १० वटा जस्ता लगाएको र ५ वटा निर्माणको क्रममा रहेका घर टहरा उपमहानगरबाट खटिएको नगरप्रहरी र नेपाल प्रहरीको टोलीले भत्काएको हो ।

नगर क्षेत्रमा सार्वजनिक जग्गा कब्जा गरी निर्माण गरिएका अबैध संरचना हटाउने अभियानमा लागेको उपमहानगरले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*