मकवानपुरमा सवारी दुर्घटनामा एक महिलाको मृत्यु
मकवानपुरमा सवारी दुर्घटना हुँदा एक महिलाको मृत्यु भएको छ ।
मकवानपुरको मनहरी गाउँपालिका –६ रामडाडाँमा ट्रकले स्कुटरलाई ठक्कर दिँदा स्कुटर चालक महिलाको मृत्यु भएको मकवानपुर प्रहरीले जनाएको छ । चितवनबाट हेटौंडा आउदै गरेको ना ५ ख ३५५७ नम्बरको डिब्बा ट्रकले बिपरित दिशाबाट आइरहेको ग १५ प ३९६९ नम्बरको स्कुटरलाई ठक्कर दिएको हो।
दुर्घटनामा कास्कीको निर्मल पोखरी–२ बस्ने अन्दाजी ३८ वर्षकी निर्मला परियारको मृत्यु भएको प्रहरीले जनाएको छ । ठक्कर दिने ट्रक तर चालक इलाका प्रहरी कार्यालय मनहरीको नियन्त्रणमा छ ।







