छोटो दुरीको हुमाने-फर्पिङ र सिस्नेरी-छैमले-दक्षिणकाली खण्ड २ महिनाका लागि बन्द

छहारी संवाददाता
फाल्गुन १, २०७९

हेटौंडा- काठमाण्डौ जोड्ने छोटो दुरीको मार्ग हुमाने-फर्पिङ खण्ड र सिस्नेरी-छैमले-दक्षिणकाली खण्ड दुई महिनाको लागि बन्द भएको छ ।

सडक निर्माणलाई तीव्रता दिन आज फागुन १ गतेदेखि २ महिनासम्म यी सडक खण्डमा यातायात सेवा बन्द गर्ने निर्णय गरिएको हो । वैकल्पिक सडकको रुपमा कान्ति लोकपथ र थानकोट–चित्लाङ्ग(मार्खु–कुलेखानी–भिमफेदी खण्डबाट यातायात सञ्चालन गर्ने र यी समग्र कामको समन्वय भौतिक पूर्वाधार विकास मन्त्रालयले गर्ने निर्णय भएको छ ।

हेटौंडा-फर्पिङ-काठमाण्डौ जोड्ने यो सडक निर्माणका लागि बागमती प्रदेशको भौतिक पूर्वाधार विकास मन्त्रालय अन्तर्गतका कार्यालयहरुले विभिन्न ठाउँमा ठेक्का लगाएर काम भइरहेका छन् । यो सडक अन्तर्गत भैँसे–भिमफेदी खण्ड, हेवी कलङ्की–हुमाने खण्ड र हुमाने–फर्पिङ खण्डको सडक र कुलेखानी–सिस्नेरी–छैमले–दक्षिणकाली खण्डको निर्माण कार्य भइरहेको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*