मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु
सिन्धुलीमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।
मदन भण्डारी लोकमार्ग अन्तर्गत मरिण गाउँपालिका-७ महेश्वता क्याम्पस चोकमा नङगेडी पुलनजिकै रोकी राखिएको ना ३ त १६० नम्बरको ट्र्याक्टरसँग बा ५८ प ९०९८ नम्बरको मोटरसाइकल ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा मरिण गाउँपालिका-४ का ३३ वर्षका जितेन्द्र माझी र सोही स्थानका ३२ वर्षका मेषबहादुर माझीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका दुवै जनाको प्राथमिक स्वास्थ्य चौकी कपिलाकोटमा उपचारका क्रममा मृत्यु भएको हो ।







