भीमफेदीमा निस्सासिएर ४ दिने शिशुको मृत्यु, आमा बाबु बेहोस
मकवानपुरको भीमफेदी गाउँपालिका ४ थानसिङमा निस्सासिएर ४ दिने शिशुको मृत्यु भएको छ ।
शनिबार घरमा कोइला बालेर सेक्ने क्रममा निस्सासिएर ४ दिने शिशुको मृत्यु भएको प्रहरीले जनाएको छ । शिशुका बाबु २६ वर्षका रुपेश घले र आमा २२ वर्षकी विपना थिङ निस्सासिएर बेहोस भएका थिए ।
उनीहरूलाई उपचारको लागि हेटौंडा अस्पताल ल्याइएको थियो । विपनालाई थप उपचारको लागि भरतपुर रिफर गरिएको छ । घटनाको बारेका थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।







