न्यूरेनी खानेपानी उपभोक्ता समिति खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण

१ सय ६० घरधुरीले प्रयोग गर्दै आएको १ सय ३७ धारा बोर्डमा समाहित
छहारी संवाददाता
माघ २९, २०७९

हेटौंडा उपमहानगरपालिका वडा नम्बर १० न्यूरेनीमा उपभोक्ता समिति मार्फत संचालित खानेपानि आयोजना खानेपानी व्यवस्थापन बोर्डलाई हस्तान्तरण गरिएको छ ।

१२ बर्षदेखि खानेपानी उपभोक्ता समिति मार्फट खानेपानीको प्रयोग गर्दै आएका स्थानीयले बोर्डलाई उपभोक्ता समिति हस्तान्तरण गरेसँगै १० हजार लिटर पानी निःशुल्क उपभोग गर्न पाउने भएका छन् । समिति मार्फत १ सय ६० घरधुरीले प्रयोग गर्दै आएको १ सय ३७ धारा खानेपानी व्यवस्थापन बोर्ड मातहतमा आएको छ ।

हेटौंडा उपमहानगर प्रमुख मिना कुमारी लामाको उपस्थितीमा खानेपानी उपभोक्ता समितिका अध्यक्ष नेत्रनाथ धिमालले खानेपानी व्यवस्थापन बोर्ड मकवानपुरका अध्यक्ष प्रताप विष्टलाई समितिको माइनट सहितका कागजपत्र हस्तान्तरण गर्नुभएको हो ।

हस्तान्तरण कार्यक्रममा बोल्दै उपमहानगरपालिकाका प्रमुख लामाले नगरको समग्र बिकासमा लागि परेको दाबी गनुृभयो । हेटौंडा १० राप्ती तटमा आक्रर्षक पार्कको निर्माण गरीने बताउनुभयो । कार्यक्रममा हेटौंडा १० वडा अध्यक्ष फुर्वा दोर्जे लामा, बोर्डका अध्यक्ष प्रताप बिष्ट, बोर्डका सदस्य इन्द्र नेपाल, लगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*