नेपाल समाजवादी पार्टी मकवानपुरको अध्यक्षमा भेट्टवाल
नेपाल समाजवादी पार्टी मकवानपुरको अध्यक्षमा राजकुमार भेट्टवाल चयन हुनु भएको छ ।
सम्मान कार्यक्रम अघि भएको कार्यक्रममा भेट्टवालको अध्यक्षतामा ६३ सदस्यीय कार्य समिति घोषणा गरिएको हो । समितिको उपाध्यक्षमा रामचन्द्र थिङ (अविरल), हरिहर खतिवडा, दुर्गा कुमारी रमौली,सह सचिव निखिल पौडेल, कोषाध्यक्ष सुदिप कार्की लगायत रहेका छन् ।
पार्टीका केन्द्रीस्य सदस्य तथा मकवानपुर इन्चार्ज राजेन्द्र सिम्खडा (दारी बा) को सभाध्यक्षतामा भएको घोषणा सभा पार्टीका गैह्र भौगलिक समिति इन्चार्ज सोनाम सिं स्याङ्तान (विजय)को प्रमुख आतिथ्यतामा तथा पार्टीका बागमती प्रदेश समिति अध्यक्ष वन्दना सुवेदीको विषेश आतिथ्यतामा भएको थियो ।
कार्यक्रममा राजनीतिक समिति सदस्य प्रमोद श्रेष्ठ, केन्द्रीय सल्लाहकार समिति सदस्य डिवि थापा, केन्द्रीय सदस्य तुफान बिक्रम क्षेत्री ९दिपशक्ति०, संघीय परिषद सदस्य इजहार आलम लगायतको आतिथ्यता रहेको थियो ।







