निर्माण व्यवसायी संघ मकवानपुरको अधिवेशनः श्यामसुन्दर ढकालद्वारा प्यानल घोषणा
निर्माण व्यवसायी संघ मकवानपुरको अधिवेशनको पूर्वसन्ध्यामा श्यामसुन्दर ढकालले आफ्नो प्यानल घोषणा गर्नु भएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै ढकालले आफु नेतृत्वको प्यानल घोषणा गर्नु भएको हो ।
ढकालको प्यानलमा प्रथम उपाध्यक्ष सागर ढकाल, द्वितीय उपाध्यक्ष बुद्धिराम डिम्डुङ, तृतीय उपाध्यक्ष भीमसेन श्रेष्ठ, महासचिव राजेन्द्र चौलागाईं, उप महासचिव नीतिगत नवराज पाठक, उपमहासचिव आन्तरिक निर्मल देवकोटा, कोषाध्यक्ष अनल श्रेष्ठ, सह कोषाध्यक्ष प्रकाश लामा ब्लोन रहनु भएको छ ।
यस्तै सदस्यहरुमा चेतबहादुर थापा, लक्ष्मण सापकोटा, सविन क्षेत्री, कुमार पोखरेल, भरत सापकोटा, सहदेव गौतम, नवीन जोशी तथा राजनप्रसाद बोलखेको नाम सार्वजनिक गरिएको छ । निर्माण व्यवसायी संघ मकवानपुरको नयाँ नेतृत्व चयनका लागि शनिबार र आइतबार हेटौंडामा अधिवशेन हुँदैछ ।







