कैलाशको भार्ता-काठमाडौं सिधा बस सेवा सुरु
मकवानपुरको कैलाश गाउँपालिकाबाट काठमाडौसम्म आज शुक्रबारदेखि बस सेवा सुरु भएको छ ।
गाउँपालिकाको समन्वयमा नारायणी यातायात व्यवसायी संघले भार्ता–कालिकाटार–नामटारहुँदै काठमाडौं सम्म २ ओटा बस सेवा सञ्चालनमा ल्याएको अध्यक्ष लोकबहादुर मुक्तानले जानकारी दिनुभयो ।
कैलाशको तल्लो बेल्टका ६ वटा वडाका १३ हजार स्थानीय यो सिधा बस सेवाबाट लाभान्वित हुने अध्यक्ष मुक्तानले बताउनुभयो।
साथै स्थानीय कृषि उत्पादन काठमाडौंसम्म सहज रुपमा पु¥याउन सकिने भएकोले गाउँको आर्थिक कृयाकलापमा सकारात्मक प्रभाव पर्ने अध्यक्ष मुक्तानको विश्वास छ ।







