हेटौंडा आइडलमा राजेन्द्र सापकोटा भए आउट

छहारी संवाददाता
माघ १८, २०७९

हेटौंडा १० टिसिएसन चौरमा जारी १० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा भएको हेटौंडा आइडल गायन प्रतियोगितामा आज बुधबार राजेन्द्र सापकोटा आउट भएका छन् ।

टपटेनमा परेका अनिता  मोक्तान (१), प्रेमलाल बैठा(२), आवाज  सुनार(३), सुस्मिता श्रेष्ठ (४), दीपेश श्रेष्ठ (५), राजेन्द्र सापकोटा(६), राजेश दर्नाल(७),  सुसन शाही ठकुरी(८), विजय लामा(९), दिपा स्याङ्तान (१०)ले मंगलबार प्रस्तुत गरेको गायनलाई निर्णायकहरुले मुल्याकंन गर्दै र भोटिङको आधारमा एक जनालाई आउट गरेका हुन् ।

सापकोटा आउट भएसँगै ९ जना प्रतिस्पर्धीले बुधबार आइडलमा आफ्नो प्रस्तुती दिएका थिए । उनीहरुलाई भोट गर्न टिकटको अर्धकट्टी र एसएमएसबाट भोटिङ गर्न सकिने हेटौंडा आइडल व्यवस्थापन समितिका संयोजक एंव मउवा संघका कार्यसमिति सदस्य अंकिता सुमार्गीले बताउनुभयो ।

भोटिङ गर्न हेटौंडा आइडलको सर्टफर्म एचआई स्पेस प्रतिस्पर्धी नम्बर टाइप गरि ३१००३ मा एसएमएस गरि मनपरेको प्रतिस्पर्धीलाई भोट गर्न सकिने मुख्य निर्णायक विजय कार्कीले बताए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*