जारी महोत्सवमा सांगीतिक प्रस्तुती सँगै वस्तुहरुको विक्रि वितरण

छहारी संवाददाता
माघ १८, २०७९

मकवानपुर उद्योग वाणिज्य संघको मुख्य आयोजनामा हेटौंडा १० टिसिएन चौरमा जारी महोत्सवमा गायक युवराज चौलागाईले आफ्नो सांगीतिक प्रस्तुती दिएका थिए । उनले लैजा चरी…, तिम्रा डोला डोला हातमा…, टुनमा को धुनमा…, तिमिलाई के भनौं जस्ता विभिन्न गीतहरु प्रस्तुत गरेका थिए ।

महोत्सवको आठौं बुधबार महोत्सव अवलोकन गर्न आएका दर्शकहरुले गीतसंगीतमा मज्जाले झुम्दै स्टलहरुको अवलोकन गरेका थिए । महोत्सवमा गायक विश्व नेपाली र गायिका शीलु भट्टराईले पनि आफ्नो सांगीतिक प्रस्तुती दिएकी थिइन् । साथै कमेडियन सुदीप थापाले महोत्सवमा उपस्थित दर्शकहरुलाई प्रहशन गर्दै हसाएका थिए ।

भोली विहीबार महोत्सवमा प्रिति आले, हेमन्त शर्मा, कृष्ण काफ्ले, शिवहरि नेपाल, मोडल तथा डान्सर करिश्मा ढकाल लगायतका कलाकारले आफ्नो प्रस्तुती दिने महोत्सवका कलाकार मनोञ्जन समितिका संयोजक एवम् संघका उपाध्यक्ष उज्वल चौलागाईले बताउनुभयो । शुक्रबार भने चर्चित व्याण्ड कर्मा व्याण्डको सांगीतिक प्रस्तुती रहने जनाइएको छ ।

महोत्सवमा बुधबार २० लाख बराबरको कारोबार भएको अनुमान आयोजकको रहेको छ । आजै करिब ५ हजार भन्दा बढी दर्शकले महोत्सवको अवलोकन गरेका थिए । महोत्सवमा हेटौंडा आइडल गायन प्रतियोगिता र हेटौंडा डान्सिङ स्टार प्रतियोगिता पनि भइरहेको छ । हेटौंडा आइडल र हेटौंडा डान्सिङ स्टारमा मकवानपुरका विभिन्न नवप्रतिभाहरुले प्रतिस्पर्धा गरिरहेका छन् ।

हेटौंडा आइडलको टप टेन छनौट भई भोटिङ राउण्ड सुरु भएको छ । मंगलबारबाट आफ्ना मनपर्ने प्रतिस्पर्धीलाई एसएमएस र टिकटको अर्थकट्टीबाट भोट हाल्न सकिने व्यवस्था गरिएको आयोजक जनाएको छ । बुधबार आइडलका प्रतिस्पर्धी राजेन्द्र सापकोटा आउट भएका छन् ।

१० औं राष्ट्रिय औद्योगिक व्यापार महोत्सवमा हेटौंडा आइडल डान्सिङ स्टार, जुम्लाको मार्सी चामल, केराको परिकार, मकवानपुरगढीको रैथाने बाली कोदोको पिठो बाट कोदोको विष्कुट, निमकिन, पोखराको खुवा, नेपाल टेलिकमको फ्री सिमकार्ड, हिमाली भीरमौरीको मह, भोजपुरे खुकुरी, प्राचिन हस्तकलाको झ्याल, ढोका, पुस्तक प्रदर्शनी, आइसगोला र मकवानपुरे आइसक्रिम, ल्यापटप एवम् मोवाइलको फ्रि सर्भिससिङ, मोडुलर किचेन, टाटा, सिजीका विभिन्न किसिमका इलेक्ट्रिक गाडीहरु, बालबालिकाको लागि फन पार्क, स्थानीय एवम् राष्ट्रिय कलाकारहरुको दैनिक प्रस्तुती, हेटौंडा र अन्य अस्पतालका डाक्टरहरुबाट निःशुल्क स्वास्थ्य शिविर, क्यारियर काउन्सिलिङ र दैनिक उपभोग्य वस्तुहरुसमेत विक्री वितरण भइरहेको संघका महासचिव दीपक उप्रेतीले बताउनुभयो ।

११ गते सुरु भएको महोत्सव माघ २३ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा निशुल्क स्वास्थ्य शिविर सञ्चालन भइरहेको छ । बुधबार चुरेहिल हस्पिटलका विशेषज्ञहरुबाट स्वास्थ्य परिक्षण गरिएको छ । भोली विहीबार हेटौंडा मेडिसिन सेन्टरबाट आउनुहुने विशेषज्ञ बाट स्वास्थ्य परिक्षण गरिने जनाइएको छ ।

बुधबार महोत्सवमा बागमती प्रदेश सभाका नेपाली कांग्रेसका संसदीय दलका नेता बहादुर सिंह लामाको प्रमुख आतिथ्यता रहेको थियो । उहाँसँगै प्रदेश सभाका माननीयहरुको समेत उपस्थिती रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*