सहिदहरुको प्रतिमामा माल्यार्पण
सहिद दिवसको अवसरमा हेटौंडा उपमहानरपालिका–११ स्थित सहिद स्मारकमा विशेष कार्यक्रम गरिएको छ ।
सहिद दिवस मूल समारोह समितिको आयोजनामा सहिदहरुको प्रतिमामा माल्यार्पण कार्यक्रम गरिएको हो । बागमती प्रदेशका प्रदेश प्रमुख यादव चन्द्र शर्माको प्रमुख आथिथ्यतामा कार्यक्रम भएको हो । प्रदेश प्रमुख, मुख्यमन्त्री र मन्त्रीहरु सहितले सहिदहरुको प्रतिमामा माल्यार्पण गरी सहिदहरुको सम्झना गरेका थिए ।
शहिद स्मारकमा एउटै ढुङ्गामा कुँदिएका विभिन्न कालखण्डका सहिदहरुको प्रतिमा रहेको छ । माल्यार्पण कार्यक्रममा मुख्यमन्त्री शालिकराम जम्कटेल, बागमती प्रदेश सरकारका मन्त्रीहरु, पूर्व मुख्यमन्त्री डोरमणी पौडेल लगायतको उपस्थिती थियो ।
प्रतिमामा माल्यार्पण गर्नु अघि प्रभातफेरी गरिएको थियो । साथै नेपाली सेनाको एक टोलीले सलामी समेत दिएको थियो।







