सहिद दिवसको अवसरमा दौड र स्लो स्कुटी प्रतियोगिता सम्पन्न

छहारी संवाददाता
माघ १६, २०७९

सहिद दिवसको अवसरमा मकवानपुरमा जिल्लास्तरीय पुरूष शिक्षक दौड र महिला शिक्षक स्लो स्कुटी प्रतियोगिता सम्पन्न भएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ को आयोजना र नेपाल राष्ट्रिय शिक्षक संगठन मकवानपुरको व्यवस्थापनमा प्रतियोगिता भएको हो । ३ किलोमिटर शिक्षक दौड प्रतियोगीतामा भानु मावि मकवानपुरगढीका मुकेश चौलागाई पहिलो हुन सफल हुनुभयो ।

तासिर इङ्लिश बोर्डिङ स्कुल हेटौडाका सन्दिप बस्नेत दोस्रो हुँदा प्राथमिक मावि भिमफेदीका विश्व लामाले तेस्रो स्थान हात पार्नुभयो । बाघभैरब मावि बकैयाका बलराम राई र भिम बोर्डिङ स्कुल मकवानपुरगढीकाआशिष घलान क्रमश चौंथो र पाचौं हुन सफल हुनुभयो । महिला शिक्षक स्लो स्कुटीमा भृकुटी माविकी सिर्जना थिङ पहिलो हुनुभयो ।

तासिर स्कुलकी एन्जिला रिजाल देस्रो र आधुनिक राष्ट्रिय माविकी देवमाया पाठक तेस्रो हुनुभयो । दुबै प्रतियोगिताको प्रथम, द्धितीय र तृतीय हुनेलाई कार्यक्रमका विशेष अतिथि एवं ४ नम्बर वडा अध्यक्ष नविन सिग्देलले क्रमशः ७ हजार, ५ हजार र ३ हजार नगद सहिद प्रमाणपत्र प्रदान गर्नुभएको थियो । बागमती प्रदेशका श्रम रोजगार तथा यातायात मन्त्री एकलाल श्रेष्ठको प्रमुख आतिथ्यतामा कार्यक्रम भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*