निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्षमा बालगोपाल कंडेलले उम्मेदवारी दिने

छहारी संवाददाता
माघ १५, २०७९

निर्माण व्यवसायी संघ मकवानपुरको अध्यक्ष पदमा बालगोपाल कंडेलले उम्मेदवारी दिने घोषणा गर्नुभएको छ । माघ २८ र २९ गते हुन लागेको २३ औं साधारणसभा तथा ११ औं अधिवेशनमा अध्यक्ष पदमा उम्मेदवारी दिने पत्रकार सम्मेलन गरि घोषणा गर्नुभएको हो ।

वर्तमान कार्यसमितिको प्रथम उपाध्यक्ष समेत रहनुभएका कडेलले निर्माण व्यवसाय क्षेत्रमा देखिएका समस्या समाधान गर्ने दाबी गर्नुभएको छ । २०५२ सालदेखि निर्माण व्यवसायमा संलग्न रहँदै आउनुभएका कँडेल मेरिना कन्स्ट्रक्शन कम्पनी प्रालीका अध्यक्ष हुनुहुन्छ ।

कँडेलले निर्माणको क्रममा राज्यबाट हुने असहयोग, कच्चा पदार्थको अभाव, निर्माण सामग्रीको बढ्दो मूल्यवृद्धिको मारमा निर्माण व्यवसायी परिरहेका बताउनुभयो । निर्माण व्यवसाय पेशालाई थप मर्यादित र जिम्मेवार बनाउने प्रतिबद्धता व्यक्त गर्दै सहयोगका लागि निर्माण व्यवसायीमा अपिल समेत गर्नुभयो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*