प्रदेश प्रमुख शर्माद्वारा राष्ट्रिय औद्योगिक व्यापार महोत्सव अवलोकन

छहारी संवाददाता
माघ १३, २०७९

बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले हेटौंडामा जारी राष्ट्रिय औद्योगिक व्यापार महोत्सवको शुक्रबार अवलोकन गर्नुभएको छ । मकवानपुर उद्योग वाणिज्य संघको आयोजनामा हेटौंडा १० टिसियन चौरमा जारी मेलालाई  सम्बोधन गर्दै प्रदेश प्रमुख शर्माले यस्ता मेलाले स्थानीय उत्पादनलाई प्रर्वद्धन गर्ने बताउनुभयो ।

स्थानीय उत्पादनको प्रचारप्रसारमा मेला महोत्सवको भूमिका महत्वपूर्ण रहने प्रदेश प्रमुखको विश्वास थियो । प्रदेश प्रमुख शर्माले कृषि, घरेलु हस्तकला लगायतका विभिन्न स्टलहरुको अवलोकन गर्नुभएको थियो ।

माघ २३ गते सम्म सञ्चालन हुने मेलामा दैनिक रुपमा राष्ट्रिय तथा स्थानीय कलाकारले सांगितीक प्रस्तुती दिइरहेका छन् । महोत्सवमा दैनिक रुपमा निशुल्क स्वास्थ्य जाँच समेत भैरहेको छ । २ लाख दर्शकले अवलोकन गर्ने प्रक्षेपण राखिएको मेलामा २० करोडको कारोबार हुने आयोजकको अनुमान छ ।
तस्विरःछवि अनित्य फेसबुक

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*