मनहरीमा ट्याङ्करको ठक्करबाट मोट्साईकल चालकको मृत्यु
पुर्व–पश्चिम सडकखण्ड अन्तर्गत मनहरी–६ नयांबस्तीमा शुक्रबार साँझ भएको सवारी दुर्घटनामा एक जनाको मृत्यु भएको छ ।
हेटौंडाबाट चितवन जादै गरेको ना ७ ख ८४७८ नम्बरको पेट्रोलियम पद्धार्थ बोकेको ट्याङ्करले हेटौंडा आउँदै गरेकोे ना १४ प ९९४३ नम्बरको मोटरसाइकललाई ठक्कर दिदा मोट्साईकल चालक हेटौडा १५ जाँते बस्ने ४० वर्षका शंकरत्न तितुङको मृत्यु भएको हो ।
ट्यांकरको ठक्करबाट गम्भिर घाइते तितुङको पुरानो मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेक बहादुर कार्कीले जानकारी दिनुभयो । ठक्कर दिने ट्याङ्कर र चालक राप्ती नगरपालिका २ का ईश्वर बर्तौलालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
घटनाको विरोधमा स्थानीयले सडक अवरुद्ध पारेका छन् । प्रहरीले सम्बन्धित पक्षसँग वार्ता गरी बाटो खुलाउने प्रयास गरिरहेको छ ।







