मोटरसाईकल चालकले नै घाइतेलाई अस्पताल लगे !
पुर्व–पश्चिम सडकखण्ड अन्तर्गत मनहरी ७ कत्लेखोलामा मोटरसाईकलले पैदल यात्रीलाई ठक्कर दिदा चालकले नै घाइतेलाई अस्पताल लगेका छन् । मनहरीबाट लोथर जादै गरेको ना ४४ प ८३८२ न.को मोटरसाईकलले शुक्रबार दिउँसो कत्लेखोलाकी देब कुमारी कोईराला लाई ठक्कर दिएको थियो ।
घाईते कोइरालाको पुरानो मेडिकल कलेज भरतपुरमा उपचार भैरहेको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । प्रहरीका अनुसार, मोटरसाईकल चालकले नै घाइतेलाई अस्पताल लगेका थिए ।
घाइतेको अवस्था मध्यम रहेको र मोटरसाईकल सहित चालकलाई चितवन प्रहरीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले बताउनुभयो ।







