हेटौंडा स्थित नेपाल विद्युत प्राधिकरणको केन्द्रिय भण्डारमा आगलागी

छहारी संवाददाता
माघ १२, २०७९

हेटौंडा उपमहानगरपालिका–५ भैरबरोडमा रहेको नेपाल विद्युत प्राधिकरणको केन्द्रिय भण्डारमा आगलागी भएको छ ।

बुधबार राती ९.३० बजेदेखि लागेको आगो करीब दुई घण्टापछि हेटौंडा उपमहानगरपालिकाको २ वटा दमकल, नेपाली सेना, प्रहरी र स्थानीयको सक्रियतामा निभाइएको थियो । विद्युत सर्ट भएर आगलागी भएको प्रहरीको अनुमान छ । आगलागीबाट भएको क्षतीको विवरण आउन बाँकी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*