आशा विशेष पाठशाला तथा पुनस्र्थापना केन्द्रलाई ह्वीलचेयर सहयोग

छहारी संवाददाता
माघ ४, २०७९

हेटौंडा–७ स्थित आशा विशेष पाठशाला तथा पुनस्र्थापना केन्द्रलाई २ वटा ह्वीलचेयर सहयोग गरिएको छ ।

मकवानपुरे समाज काठमाडौंको सहयोग र रोटरी क्लब मकवानपुरको सहकार्यमा आशा स्कुललाई ह्वीलचेयर सहयोग गरिएको हो । शारिरीक रुपमा अशक्त बिपन्न बर्गका विद्यार्थीका लागि ह्वीलचेयर उपलब्ध गराइएको हो । आशा विशेष पाठशाला व्यवस्थापन समितिका अध्यक्ष बालकृष्ण चौलागाईँलाई मकवानपुरे समाजका प्रतिनिधीले २ वटा ह्वीलचेयर हस्तान्तरण गरेका हुन् ।

कार्यक्रममा मकवानपुरे समाज काठमाडौंका अध्यक्ष अरुण कुमार गुरुङ, हेटौंडा १४ का वडा अध्यक्ष दिपक खड्का, लायन्स क्लब हेटौंडा भुटनदेवी सेन्टिनियलका संस्थापक अध्यक्ष मिनु अग्रवाल, लगायतको उपस्थिती थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*