कांग्रेस बागमती प्रदेश मुख्य सचेतकमा काफ्ले चयन
नेपाली कांग्रेसको बागमती प्रदेश संसदीय दलको मुख्य सचेतकमा कुन्दनराज काफ्ले चयन हुनुभएको छ । नेपाली कांग्रेसको सोमबार बसेको संसदीय दलको बैठकले काफ्लेलाई मुख्य सचेतकको जिम्मेवारी दिएको हो ।
काफ्ले प्रदेशसभामा दोलाखा १(क) बाट निर्वाचित हुनुभएको हो । काफ्ले काँग्रेस संसदीय दलको निर्वाचनमा बहादुर सिंह लामाको प्रस्तावक बस्नु भएको थियो । काफ्ले नेविसंघका पूर्वमहामन्त्री समेत हुनुहुन्छ ।