बागमतीका मुख्यमन्त्री जम्कट्टलले आज विश्वासको मत लिँदै

छहारी संवाददाता
माघ ३, २०७९

बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टलले आज प्रदेशसभामा विश्वासको मत लिँदै हुनुहुन्छ ।आज १२ः३० बजे बस्ने संसद बैठक मार्फत मुख्यमन्त्रीले विश्वासको मत लिन लाग्नुभएको बागमती प्रदेश सभा सचिवालयले जनाएको छ ।

नेकपा माओवादी बागमती प्रदेश संसदीय दलका नेता जम्कट्टेल गत पौष २५ गते मुख्यमन्त्री नियुक्त हुनुभएको थियो । १ सय १० सदस्यीय बागमती प्रदेशमा जम्कट्टेललाई एमालेका २७, माओवादी केन्द्रका २१ ,राप्रपाका १३, समाजवादीको ७ र हाम्रो नेपाली पार्टीका ३ सहित ७० जनाले समर्थन गरेका छन्।

मुख्यमन्त्रीले विश्वासको मत लिएपछि मात्र बागमतीमा मन्त्रिपरिषद् बिस्तार गर्ने तयारी छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*