आगलागी पीडित स्थानीयलाई कैलाश गाउँपालिकाको सहयोग

छहारी संवाददाता
माघ २, २०७९

कैलाश गाउँपालिकाले आगलागी पीडित स्थानीयलाई राहत सामग्री उपलब्ध गराएको छ ।

गाउँपालिकाका अध्यक्ष लोक मुक्तान आज राहत तथा बन्दोबस्तिको सामान लिएर कैलाश–२ घरेटीका पीडित कुमार चेपाङको गाउँ पुग्नु भएको थियो । उहाँले चेपाङ परिवारलाई सिरक–डस्ना, लत्ताकपडा, भाँडाकुडा, म्याट, खाद्य सामग्री हस्तान्तरण गर्नु भएको हो ।

चेपाङको घर निर्माणको लागि गाउँपालिकाले जस्तापाता तथा आवश्यक निर्माण सामग्री सहयोग गर्ने अध्यक्ष मुक्तानले बताउनुभयो । गएको पुस २९ गते आगलागीमा परि चेपाङको घर पुर्ण रुपमा नष्ट भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*