मनहरीमा स्कुटर दुर्घटना, तीन जनाको मृत्यु

छहारी संवाददाता
पुस २९, २०७९

मकवानपुरको मनहरी गाउँपालिका–९ ज्यामिरे भलाद्मी चोक नजिकै स्कुटर दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । ना ३९ प १४३९ नम्बरको स्कुटरलाई सवारी साधनले ठक्कर दिदा ३ जनाको मृत्यु भएको हो ।

मृत्यु हुनेमा मनहरी गाउँपालिका–८ सिमपानी का धर्मराज मोक्तान, सोही स्थानका मिलन मोक्तान र राक्सिराङ गाउँपालिका–३ लावतीका रुपेश तामाङ रहेका छन् । गम्भीर अवस्थामा फेला पारी प्रहरीले उद्धार गरी उपचारका लागि तीनैजनालाई पुरानो मेडिकल कलेज पठाएको थियो ।

तीन जनाकै अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मनहरीले जनाएको छ । ठक्कर दिने सवारीसाधनको प्रहरीले खोजी गरिरहेको छ । स्थानीयले बिहान करिब ४ घण्टा सडक अवरुद्ध समेत पारेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*