सहिद रुद्र बहादुर पाख्रिनको स्मृति सभा

छहारी संवाददाता
पुस २८, २०७९

जनयुद्धका महान सहिद रुद्र बहादुर पाख्रिनको २० औं स्मृति सभा भएको छ ।                                              बिहिबार मकवानपुर गढी गाउँपालिका वडा नम्बर ४ स्थीत रुद्रस्मृित पार्कमा रहेको सहिद पाख्रिनको सालिकमा श्रदानजली अर्पण गर्दै स्मृति सभा गरिएको हो । नेकपा माओवादी केन्द्र जिल्ला समन्वय समितिका संयोजक सर्केश घलानको सभाध्यक्षता तथा बागमती प्रदेश सभाका सदस्य प्रेम बहादुर पुलामीको प्रमुख आतिथ्यतामा स्मृति सभा भएको हो ।
स्मृति सभामा पख्रिनकी पत्नि राममाया पाख्रिनलाई सम्मान गरिएको छ । स्मृति सभामा जिल्ला समन्वय समिति मकवानपुरका प्रमुख ललित घलान, गढी गाउँपालिकाकी उपाध्यक्ष मानकुमारी पाख्रिन नेपाली लगायतको उपस्थिति रहेको थियो । सहिद रुद्र बहादुर पाख्रिन उपप्रमुख मानकुमारी पाख्रिनका ससुरा समेत हुनुहुन्छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*