चीनका नवनियुक्त राजदूतलाई शोभित उप्रेतीसहित बिभिन्न मैत्री संगठनको स्वागत
नेपालका लागि चीनका नवनियुक्त राजदूत चेन सङलाई बिभिन्न मैत्री संगठनहरुले स्वागत गरेकाछन् । काठमाडौमा विशेष कार्यक्रमको आयोजना गरी राप्रपा केन्द्रीय सदस्य एवम समाजसेवी शोभित उप्रेतीसहित बिभिन्न संगठनका प्रतिनिधिले स्वागत गरेकाहुन् ।
कार्यक्रममा नवनियुक्त राजदूत सङले सन् १९५५ मा कूटनीतिक सम्बन्ध स्थापित भएपछि दुबै देशले सधैं एकअर्काको सम्मान, विश्वास र सहयोग गर्दै आएको धारणा राख्नुभयो ।
नेपालमा भर्खरै संघीय र प्रदेश निर्वाच सम्पन्न भई नयाँ सरकार गठन भइसकेको उल्लेख गर्दै राजदूत सङ अहिले विश्वमा भइरहेका परिवर्तन यसअघि कहिल्यै नभएका किसिमका भएको टिप्पणी गर्नुभयो ।

नयाँ परिस्थिति, नयाँ अवसर र चुनौतीको स्थितिमा चीनले सधैंझैं नेपाललाई राष्ट्रिय अखण्डता र राष्ट्रिय सम्मानको रक्षाका लागि, राष्ट्रिय आवश्यकता अनुसारको विकास ठम्याउन र स्वतन्त्र घरेलु तथा विदेश नीति अपनाउन सहयोग गर्ने उहाँले बताउनुभयो।
राजदूत सङले नेपालका लागि २२औं चिनियाँ राजदूतका रूपमा सेवामा आउन पाउनुलाई अवसर र ठुलो सम्मानका रूपमा लिएको बताउनुभयो । नेपालको अनुपम सौन्दर्य, अद्वितीय संस्कृति र यहाँका जनताको दयालुपन र हार्दिकताबाट आफू छक्क परेको उहाँले बताउनुभयो ।
सङ आइतबार मात्रै आफ्नो जिम्मेवारी समाल्न काठमाडौं आइपुग्नुभएको थियो ।








