अमेरिकी डलर देखाएर ठगी गर्ने ४ जना सार्वजिक
अमेरिकी डलर देखाएर ठगी गर्ने ४ जनालाई प्रहरीले सार्वजिक गरेको छ ।
हेटौंडा -१७ सालकपार्कमा डलर देखाई ठगी गरेको आरोपमा बुधबार प्रक्राउ गरेका ४ जनालाई बिहीबार प्रहरीले पत्रकार सम्मेलन गर्दै सार्वजनिक गरेको हो । एक जना अझै फरार रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी उपरिक्षक बामदेव गौतमले बताउनुभयो । प्रहरीले उनीहरुको साथबाट ३ वटा मोटरसाइकल, १ हजार ७ सय ४१ अमेरिकी डलर र ६ हजार २ सय १० नेपाली रुपैयाँ, नक्कली नोट ८ बन्डल, गुलेली ३ थान, मोबाइल ५ थान र मोटरसाइकलको बिलबुक दुइ थान बरामद गरिएको गौतमले जानकारी दिनुभयो ।
पक्राउ पर्नेहरुमा सिन्धुपाल्चोक बाह्रबिसे नगरपालिका-३का २१ वर्षीय सोमबहादुर बुम्जन, ३३ वषका दिवस बुम्जन, २८ वर्षका कान्छा भन्ने शेर बहादुर तामाङ र त्रिपुरा गाउँपालिका ३ का सुकु भन्ने देव बुम्जन रहेका छन् । प्रहरीले उनीहरुले प्रयोग गर्ने बा ५० प ९३७२ नम्बरको मोटरसाइकल, बा प्र ०२-०१९ प ९६२६ नम्बरको मोटरसाइकल र बा प्र ०२- ०३४ प ४२८७ नम्बरको तीन वटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ ।







