निःशुल्क पशु स्वास्थ्य शिविर सम्पन्न 

छहारी संवाददाता
पुस २०, २०७९

पशु सेवा केन्द्र हेटौंडा—८ कमानेको आयोजनामा एक दिने निःशुल्क पशु स्वास्थ्य शिविर भएको छ ।
मदन भण्डारी स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्राङगण हेटौंडा ८ मा शिविर भएको हो ।                                          चालु आर्थिक वर्षकोे स्वीकृत कार्यक्रम अन्तर्गत सञ्चालन गरिएको शिविरमा ५ सय २३ वटा पशुपन्छीको निःशुल्क स्वास्थ्य जाँच गरिएको हेटौंडा उपमहानगरपालिका पशुपन्छी विकास शाखा प्रमुख गंगा चौलागाईले बताउनुभयो ।          शिविरमा १८ वटा कुकुरलाई रेविज बिरुद्धको भ्याक्सिन समेत लगाईएको प्रमुख चौलागाईले बताउनुभयो । शिविरमा ६५ हजार रुपैयाँ बराबरको औषधि निःशुल्क वितरण गरिएको थियो ।                                                               वडा अध्यक्ष रामकृष्ण थापाको अध्यक्षता र प्रमुख प्रशासकिय अधिकृत शिवराज चौलागाइको प्रमुख आतिथ्यतामा शिविर भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*