प्रारम्भ पाठशाला बेलायतका विद्यार्थीद्वारा न्यानो पोशाक सहयोग
प्रारम्भ पाठशाला बेलायतमा अध्ययनरत नेपाली विद्यार्थीले हटौडा–१ स्थित श्री भैरब आधारभुत विद्यालयका विद्यार्थीलाई न्यानो विद्यालय पोशाक सहयोग गरेका छन् ।
वेलायतमा देउसी र भैलो खेलेर संकलित रकमबाट आर्थिक रुपमा बिपन्न ३७ बालबालिकालाई ऊनीको स्विटर, टोपी, जुत्ता र मोजा सहयोग गरिएको हो ।
पुष माघको कठ्याग्रिने जाडोमा विद्यालय आउन सहज होस् भनेर न्यानो पोशाक वितरण गरिएको प्रारम्भ पाठशाला वेलायतका प्रधानाध्यापक पुर्ण बहादुर श्रेष्ठले बताउनुभयो । प्रारम्भ पाठशालामा वेलायत बसोबास गरेका नेपाली मुलका बालबालिका अध्ययन गर्ने गर्दछन् । जाडोमा न्यानो पोशाक पाउँदा विद्यार्थीहरुले खुशी व्यक्त गरेका थिए ।







