हेटौंडा बचतको स्थापना दिवसमा बाल वनभोज

छहारी संवाददाता
पुस १०, २०७९

हेटौंडा बचत तथा ऋण सहकारी संस्थाको स्थापना दिवसको अवसरमा बाल वनभोज आयोजना गरिएको छ । २४ औं स्थापना दिवसको सप्ताव्यापी कार्यक्रम अन्तर्गत तेस्रो दिन हेटौंडा–१५ सल्लाघारीमा बाल सदस्यका लागि विविध मनोरञ्जनात्मक कार्यक्रम सहित वनभोज आयोजना गरिएको हो ।संस्थामा १ हजार ७ सय बाल बचतकर्ता रहेका छन् ।

दिवसको अवसरमा पौष ७ गतेदेखि सप्ताहव्यापी कार्यक्रम सुरु भएको हो । सप्ताहव्यापी कार्यक्रम अन्तर्गत ११ गते संस्थाको प्राङ्गणमा रक्तदान कार्यक्रम, १२ गते छात्रवृति वितरण तथा दम्पति सम्मान कार्यक्रम, १३ गते सदस्य संस्थासँग अन्तक्रिया लगायतका रहेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*