सुनगाभा सहकारीको २० औं साधारणसभा सम्पन्न

छहारी संवाददाता
पुस १०, २०७९

हेटौडा–६, चौघडामा रहेको सुनगाभा बहुउद्धेश्यीय सहकारी संस्था तथा सुनगाभा शिक्षा निकेतन ईङलिश स्कूलको २० औं वार्षिक साधारणसभा आईतवार सम्पन्न भएको छ ।

प्याब्सन मकवानपुरका अध्यक्ष विनोद सुवेदीको प्रमुख आतिथ्यता एवम सहकारीका अध्यक्ष रामहरि न्यौपानेको सभाध्यक्षतामा साधारणसभा भएको हो । साधारणसभामा संस्थाका अध्यक्ष न्यौपानेले संस्थागत प्रतिवेदन, कोषाध्यक्ष रामहरि चौलागाईले आव. ०७९÷०८० को लागि २ करोड २४ लाखको आर्थिक प्रतिेवेदन र लेखा समिति संयोजक कुमारमणी दहालले लेखा समितिको प्रतिेवेदन पेश गरेका थिए ।

साधारणसभामा हेटौडा–६ का वडा अध्यक्ष विष्णु बहादुर दाहाल, निवर्तमान वडा अध्यक्ष अर्जुनप्रसाद चौलागाई, विद्यालयका संस्थापक अध्यक्ष बासुदेव अधिकारी,राष्ट्रिय सहकारी बैंक हेटौडा शाखा प्रमुख रामेश्वर अर्याल,सञ्चाकर्मी भीमसेन पौडेल लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*