प्रेस काउन्सिलका संस्थापक बस्नेतको निधन
प्रेस काउन्सिल नेपाल तथा बुद्ध एयरका संस्थापक कार्यकारी अध्यक्ष सुरेन्द्र बहादुर बस्नेतको निधन भएको छ । उहाँको आज बिहान ९५ वर्षको उमेरमा निधन भएको पारिवारिक स्रोतले जानकारी दिएको अनलाइन खबरले लेखेको छ ।
भोजपुरको दिंगलास्थित साल्मामा विक्रम संवत् १९८४ सालमा जन्मिएका बस्नेत बनारस हिन्दु विश्वविद्यालयबाट एमए र एलएललबी अध्ययन गरी नेपाल सरकारको विभिन्न उच्च ओहोदामा रहेर काम गरेका थिए । उहाँ सर्वोच्च अदालतको न्यायाधीश, निर्वाचन आयोगको प्रथम प्रमुख आयुक्त र नेपाल प्रेस काउन्सिलको प्रथम अध्यक्ष समेत बन्नु भएको थियो । उहाँ कानुन तथा न्याय, शिक्षा मन्त्री (२०२४) र अर्थ, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री (२०२५) पनि हुनु भएको थियो । ७० वर्षको उमेरमा उहाँले बुद्ध एयर स्थापना गर्नु भएको थियो।







