परिचयको १३ औं वार्षिक साधारण सभा सम्पन्न

छहारी संवाददाता
पुस ९, २०७९

परिचय बचत तथा ऋण सहकारी संस्थाको १३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ । बागमती प्रदेश सहकारी बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता तथा सहकारीका अध्यक्ष दिपक तिमल्सिनाको अध्यक्षतामा कार्यक्रम भएको हो ।

५ सय ५ जना शेयर सदस्य रहेको परिचय बचतको शेयर पूँजी ३ करोड ३६ लाख एक हजार रहेको छ । संस्थाको कुल निक्षेप ११ करोड ७२ लाख ७० हजार रहेको छ । सहकारीको खुद नाफा १३ लाख ५६ हजार ७ सय रुपैयाँ रहेको सहकारीको प्रतिवेदनमा उल्लेख छ ।

कार्यक्रममा उत्कृष्ट बचतकर्ता, असल ऋणी, उत्कृष्ट कर्मचारीलाई सम्मान समेत गरिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*