मकवानपुर जिल्ला अदालत बार एशोसिएशनमा बस्नेतको नेतृत्व

छहारी संवाददाता
पुस ९, २०७९

मकवानपुर जिल्ला अदालत बार एशोसिएशन मकवानपुरको अध्यक्षमा अप्सरा बस्नेत विजयी हुनुभएको छ । शनिबार सम्पन्न बारको अधिवेशनबाट बस्नेत अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

अध्यक्ष पदका लागि निवर्तमान अध्यक्ष ऋषि केबी र बस्नेतको उम्मेदवा्री परेको थियो । केबीलाई ३ मतले पराजित गर्दै बस्नेत अध्यक्षमा निर्वाचित हुनुभएको हो । मत परिणाम अनुसार बस्नेतले १३ मत प्राप्त गर्दा केबीले १० मत ल्याउनुभयोे ।

उपाध्यक्षमा बुद्धि ढकाललाई पराजित गर्दै जयराम सुवेदी विजयी हुनुभयो । सचिव पदमा कृष्ण प्रसाद छत्कुली र शान्ति माया मुक्तानले समान १२–१२ मत पाउनुभयो । बराबर मत आएपछि आधा—आधा कार्यकाल (एक एक वर्ष) सचिवको भुमिका निर्वाह गर्ने सहमती भएको छ । कोषाध्यक्षमा राधाकृष्ण मैनाली विजयी हुनुभयो । सह–सह–सचिवमा रमिता चौलागाई लगायत सदस्यहरु जगनाथ सुवेदी, पंकज अधिकारी र दिपेन्द्र ढकाल तथा पार्षदमाअज्मिर के.सि र उत्तम बस्नेत सर्वसम्मत चयन भएका छन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*