हेटौंडा अस्पताललाई पोर्टेवल अल्ट्रासाउण्ड मेसिन सहयोग
रोटरी क्लब अफ मकवानपुरले हेटौंडा अस्पताललाई पोर्टेवल अल्ट्रासाउण्ड मेसिन सहयोग गरेको छ ।
हेटौंडा उपमहानगरपालिकाकी मेयर मीनाकुमारी लामाको उपस्थितिमा हेटौंडा अस्पतालका मेडिकल सुपरिटेण्डेन्ट डा. रामचन्द्र सापकोटालाई क्लबका अध्यक्ष कृष्ण बहादुर कार्की लगायतका टोलिले मेसिन हस्तान्तरण गर्नुभएको हो । रोटरी क्लब अध्यक्ष कृष्णबहादुर कार्कीको अध्यक्षता तथा उपमहानगरकि प्रमुख लामाको प्रमुख आथिथ्यतामा कार्यक्रम भएको हो ।
अस्पताललाई करिब १८ लाख रुपैयाँ पर्ने मेसिन सहयोगस्वरुप हस्तान्तरण गरेको हो । यो अल्ट्रासाउण्ड मेसिन पोर्टेवल भएकोले आइसियु, अप्रेसन कक्षमा सहजै प्रयोग गर्न सकिने अध्यक्ष कार्कीले बताउनुभयो ।
कार्यक्रममा रोटरी संस्थापक अध्यक्ष ज्ञानकृष्ण प्रजापति, पत्रकार महासघ बागमती प्रदेशका सस्थापक अध्यक्ष प्रताप बिष्ट,विभिन्न सञ्चार माध्यमका सन्चार्कर्मी, रोटरी क्लबका पदाधिकारी तथा सदस्यहरुको उपस्थिति थियो ।







