बाजुरामा गोली लाग्दा एक जनाको मृत्यु

छहारी संवाददाता
मंसिर ४, २०७९

बाजुराको त्रिवेणी नगरपालिका–७ मा सुरक्षाकर्मीले चलाएको गोली लाग्दा एकजनाको मृत्यु भएको छ।

गोली लागेर एक प्रहरी र दुई स्थानीय घाइते भएका छन्। मृत्यु हुनेमा त्रिवेणी नगरपालिका ७ का स‌ञ्वीव अयडी रहेको प्रहरीले जनाएको छ। नाट्यस्वरी आधारभुत विद्यालयमा रहेको मतदान केन्द्रमा सुरक्षाकर्मीले गोली चलाउँदा अयडीको मृत्यु भएको जनाएको छ।

नेपाली सेनाको हेलिकोप्टरबाट घाइतको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय बाजुराले जनाएको छ। घटनाको पूर्ण विवरण आउन बाँकी छ। नयाँ पत्रिकाबाट ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*