सुनको मुल्य आज एकैदिन तोलामा १४ सय रुपैयाँले बृद्धि

चाँदी तोलामा एक हजार दुई सय ६५ रुपैयाँमा किनबेच
छहारी संवाददाता
कार्तिक २३, २०७९

सुनको भाउ आज एकैदिन तोलामा १४ सय रुपैयाँले बढेको छ । सोमबारको तुलनामा हिजो तीन सय रुपैयाँले घटेर तोलाको ९४ हजार रुपैयाँमा कारोबार भइरहेको सुनको भाउ आज तोलामा १४ सय रुपैयाँले बढेको नेपाल सुन चाँदी व्यवसायी महासंघले जनाएको छ ।

आज सुन तोलाको ९५ हजार ४ सय रुपैयाँमा कारोबार भैरहेको छ । गएको आइतबार पनि सुनको भाउ एकै दिन तोलामा एक हजार चार सय रुपैयाँले बढेको थियो । आइतबार सुनको भाउ तोलामा ९४ हजार ५ सय रुपैयाँ थियो ।

यस्तै आज चाँदीको भाउ पनि बढेको छ । चाँदी हिजो र अस्ती तोलामा एक हजार दुई सय ६५ रुपैयाँमा किनबेच भएको थियो । आज तोलामा ३० रुपैयाँले बढेर एक हजार दुई सय ९५ रुपैयाँमा कारोबार भैरहेको सुन चाँदी व्यवसायी महासंघले जनाएको छ । कारोबार हुने हप्ताको पहिलो दिन आइतबार चाँदी तोलामा एक हजार दुई सय ७५ रुपैयाँमा कारोबार भएको थियो । साभारः उज्यालो अनलाइन ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*