निर्वाचन आयोगले मकवानपुरका लागि पठाएका मतपेटिका कमसल

छहारी संवाददाता
कार्तिक २३, २०७९

निर्वाचन आयोगबाट मकवानपुर जिल्लाका लागि पठाइएका मतपेटिका कमसल रहेको पाइएको छ ।

निर्वाचन आयोगले टेण्डरबाट नयाँ खरिद गरेर ल्याएको मतपेटिका मध्ये केही फुटेको अवस्थामा पाइएको हो । सेतो रंङको मतपेटिका कुनैको पिँधफुटेको, कुनै बिर्को फुटेको र कुनैको फक्लेटानै उप्कीएको अवस्थामा पाइएको हो । अहिलेको निर्वाचनमा कमसल मतपेटिका आएको प्रदेश निर्वाचन कार्यालयका कर्मचारीहरु वताउँछन् ।

कार्टुनमा शिल गरेर ल्याइएका मतपेटीका फुटेको अवस्थामा फेला परेको हो । प्रदेश निर्वाचन कार्यालयमा भण्डारण गरेर राखिएका मतपेटिका मध्ये २३ वटा फुटेको पाइएको हो । १० वटा मतपेटिकाको बिर्को फुटेको छ । लोड अनलोड गर्दा, सावधानी नअपनाउँदा फुटेको हुनसक्ने अनुमान छ । मतदानपछि मत गणना स्थल सम्म मतपेटिका लैजाने क्रममा पनि फुट्ने होकी भन्ने आयोगको चिन्ता छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*