रास्ट्रवादी शक्ति भएकै कारण एमाले निशानामा परेको कमल थापाको जिकिर
क्षेत्र नम्बर १ का उम्मेद्बार कमल थापाले एमाले हरेक राष्ट्रिवादी सवालमा अग्र स्थानमा रहेको बताउनुभएको छ । थापाले एमालेले गुन लागाएको भन्दै राप्रपा नेपालले सुर्य चिन्ह पाएकोमा गर्व लागेको बताउनुभयो ।
आज हेटौंडा ७ र ८ को भिन्न भिन्नै समयमा नेकपा एमालेको प्रचार प्रसार कार्यालय र बिस्तारित बैठकमा सम्बोधन गर्दै राष्ट्रवादी पार्टी एमाले भएको भन्दै सबै राप्रपा नेपालका कार्यकर्तालाई एमालेमा भोट हाल्न आग्रह समेत गर्नुभयो ।
उद्घाटन कार्यक्रममा बोल्दै उहाँले एमालेसंगको सहकार्य चुनाव जित्ने मात्र नभई देशको आवश्यकताका कारण भएको बताउनुभयो । बाह्य शक्तिको चलखेल व्यापक बढिरहेको भन्दै उहाँले रास्ट्रवादी शक्ति भएकै कारण एमाले निशानामा परेको जिकिर गर्नुभयो । यसलाई रोक्न राष्ट्रवादी शक्तिहरुको एकता खाँचो रहेको थापाको भनाई छ ।
देश भित्र पनि कतिपय राजनीतिक दलहरुले स्वाभिमान कायम राख्न नसकेको, राष्ट्रवादी शक्ति कमजोर बनाउने प्रयास गरेको थापाले आरोप लगाउनुभयो । नेपालको चुच्चे नक्सा जारी भएुंगै एमाले लगायतका राष्ट्रवादी शक्ति माथी प्रहार हुन थालेको भन्दै थापाले यसलाई रोक्न सुर्य ध्वजाबाहक उम्मेद्बारले जित्न आवस्यक रहेको बताउनुभयो ।







