नेपाली सेनाका हुद्दा मृत फेला

छहारी संवाददाता
अशोज ३१, २०७९

नेपाली सेनाका एक जना हुद्दा आज बिहान काठमाडौंको गुह्येश्वरीमा झुण्डिएको अवस्थामा मृत फेला परेका छन् ।

नुवाकोट घर भई हाल काठमाडौंको तिलगंगा बस्दै आएका बन्दबस्ती कार्य हुद्दा भुवन पुडासैनी गुहेश्वरी फाँटस्थित आर्मी अफिसर्स गल्फ क्लब भवन नजिक झुण्डिएको अवस्थामा फेला परेका हुन् ।

नेपाली सेनाका प्रवक्ता नारायण सिलवालले पुडासैनीले आत्महत्या गरेको पाइएको र यसबारे अनुसन्धान जारी रहेको जानकारी दिए । उनका अनुसार मृतक गल्फ खेलाडी पनि हुन् ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*