स्वतन्त्रलाई निर्वाचन चिन्ह प्रदान
गठबन्धन विरुद्ध उम्मेदवारी दिएका नेकपा माओवादी केन्द्र मकवानपुरका नेता खुसीलाल चेपाङले बलिरहेको विजुलीको चिम चुनाव चिन्ह पाउनु भएको छ ।
निर्वाचन आयोगले चेपाङलाई विजुलीको चिम चिन्ह प्रदान गरेको हो । क्षेत्र नम्बर १ संघीय सदस्यका स्वतन्त्र उम्मेदवार आईतराम तामाङले क्रस खुकुरी र सुवास पौडेलले जुवा निर्वाचन चिन्ह प्राप्त गरेका छन् । प्रदेशसभा सदस्यतर्फ क्षेत्र नम्बर १ को क का स्वतन्त्र उम्मेदवार जिवन गोलेले केराको काईयो र ठेक बहादुर मगरले धारा चुनाव चिन्ह पाएका छन्।
क्षेत्र नम्बर १ खमा स्वतन्त्र उम्मेदवारी दिएका कमला गौतमलाई ह्विल चियर, निर्मला गौतमलाई ठेकी, कृष्ण के.सी. लाई लालटिन, लक्ष्मी अधिकारी लामिछानेलाई स्कुटी, प्रकाश घिमिरेलाई ट्रफी र लक्ष्मी गुरुङलाई जेब्रा चुनाव चिन्न प्रदान गरिएको छ । क्षेत्र नम्बर २ संघीय सदस्यतर्फ स्वतन्त्र उम्मेदवारी प्रदिप कालाखेतीले क्रस खुकुरी चिन्ह पाउनुभएको छ ।
क्षेत्र नं २ क बाट स्वतन्त्र प्रदेशसभा सदस्यका उम्मेदवार पदम बहादुर लामाले धारा, प्रमोद गोपालीले जेब्रा र सगुन कुमार ढकालले ठेकी निर्वाचन चिन्न प्राप्त गरेका छन् । यस्तै क्षेत्र नम्बर २ को ख का स्वतन्त्र प्रदेशसभा सदस्य उम्मेदवार रामहरी सुवेदीलाई पानीको धारा र शान्ती दाहाललाई स्कुटी निर्वाचन चिन्ह प्रदान गरिएको छ । राजनैतिक दलका उम्मेदवारलाई भने सम्बन्धित पार्टीकै चुनाव चिन्ह दिइएको निर्वाचन अधिकृतको कार्यालयलले जनाएको छ ।







