विपन्न परिवारलाई गाउँपालिका अध्यक्षको साथ

निर्वाचनको समयमा गरेका प्रतिबद्धता पूरा गर्दै जान्छु: कालाखेती
छहारी संवाददाता
अशोज १७, २०७९

मनहरी गाउँपालिकाका अध्यक्ष रञ्जन कालाखेतीले विपन्न परिवारलाई खाद्यान्न र नगद सहयोग गर्नुभएको छ । पालिकाका विभिन्न वडामा बसोबास गर्दै आएका अति विपन्न परिवारलाई नगद सहित खाद्य सामग्री प्रदान गर्नुभएको हो । आफ्नो तलब सामाजिक सेवामा खर्च गर्दै आउनुभएका कालाखेतीले दशैंको बेलामा मनहरी–८का विपन्न परिवारलाई २ लाख ५० हजार बराबरको खाद्य सामग्री हस्तान्तरण गर्नुभयो ।

पालिका अध्यक्ष कालाखेतीले ८ नं वडाका २५ घर विपन्न परिवारलाई तीस–तीस किलो चामल र १ लिटर तेल सहयोग गर्नुभएको हो ।यसैगरी मनहरी गाउँपालिका वडा नम्बर २ र ५ का विपन्न परिवारका लागि वडा अध्यक्ष मार्फत १५÷१५ हजार सहयोग गर्नुभएको छ । वडा नम्बर ३ र ६ का विपन्न परिवारलाई चामल, तेल र दाल सहितको राहत सामाग्री हस्तान्तरण गर्नुभयो ।

यस अघिपनि कालाखेतीले आफूले प्राप्त गरेको तलब सामाजिक कार्यमा खर्च गर्दै आउनुभएको थियो । निर्वाचनको समयमा आफुले जनता सामु गरेका प्रतिबद्धता पूरा गर्दै जाने कालाखेतीले बताउनुभयो । सम्पुर्ण गाउँपालीकाबासीलाई आत्मनिर्भर बनाउनु आफ्नो मुख्य लक्ष्य रहेको उल्लेख गर्दै अध्यक्ष कालाखेतीले कार्यकाल भरी सरकारले दिने तलव भत्ता सामाजिक कार्यका लागि खर्च गर्ने प्रतिवद्धता जनाउनुभयो आफ्नो कार्यकालमा गाउँपालिकालाई आर्थिक रुपमा सवल बनाउन लागि पर्ने कालाखेतीको अठोट छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*