अङ्गरक्षकलाई करणी गरेको आरोपमा इन्सपेक्टर पक्राउ

छहारी संवाददाता
अशोज १६, २०७९

धादिङको इलाका प्रहरी कार्यालय खानीखोलाका प्रहरी निरीक्षक (इन्सपेक्टर) ५२ वर्षीय अपूर्व ढुंगाना अङ्गरक्षकलाई जबरजस्ती करणी गरेको आरोपमा पक्राउ परेका छन् ।

२५ वर्षकी एक महिला प्रहरीले आफूमाथि गए राति प्रहरी निरीक्षक ढुंगानाले जबरजस्ती करणी गरेको जाहेरी दिएपछि आज आइतवार उनलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ ।

महिला प्रहरी बस्ने ब्यारेक (क्वार्टर) मै गएर जबरजस्ती करणी गरेको उजुरीमा उल्लेख भएको प्रहरी नायब उपरीक्षक (डीएसपी) श्यामबहादुर खत्रीले बताउनुभयो ।

पालिका चुनावदेखि विवादमा आएका ढुंगानामाथि आफ्नै सहकर्मीलाई कुटपिट गरेको, सार्वजनिक क्षेत्रमा नागरिकमाथि अभद्र व्यवहार गरेको जस्ता आरोप लाग्दै आएको छउज्यालो अनलाइनले लेखेको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*