ट्रक दुर्घटनामा २ जनाको मत्यु, ८ जना घाइते
धादिङमा शनिबार दिउँसो ट्रक दुर्घटना हुँदा दुई जनाको मत्यु भएको छ । ८ जना घाइते भएका छन् ।
कपिलवस्तुबाट धादिङबेँसी हुँदै सल्यानटार जाँदै गरेको ना ४ ख ८०४१ नम्बरको ट्रक नीलकण्ठ नगरपालिका–१० हनुमानडाँडा नजिकै सडकमा पल्टिएर दुर्घटना भएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार दुर्घटनामा कपिलवस्तु तौलिहवाका अन्दाजी २६ वर्षका सद्दाम अन्सारी र सोही ठाउँका ३५ वर्षका इन्द्रजित पासीको मृत्यु भएको हो ।
दुर्घटनामा गम्भीर घाइते भएका उनीहरुको धादिङ जिल्ला अस्पतालमा उपचारका क्रममा मृत्यु भएको प्रहीले जनाएको छ । दुर्घटना घाइते भएकाहरुरको धादिङ जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।







