चट्याङ लागेर २ जनाको मृत्यु

छहारी संवाददाता
अशोज १२, २०७९

सुनसरीमा बुधवार चट्याङ लागेर २ जनाको मृत्यु भएको छ ।

चट्याङ लागेर सुनसरीको देवानगञ्ज गाउँपालिका वडा नम्बर १ की ४५ वर्षीया रीतादेवी यादव र वडा नम्बर २ का उदितचन्द्र यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार भैँसीलाई गोठमा पानी खुवाइरहेका बेलामा चट्याङ लागेर रीतादेवीको मृत्यु भएको हो । यस्तै घर नजिकैको खेतमा घाँस काट्ने क्रममा चट्याङ लागेर उदितचन्द्रको मृत्यु भएको सुनसरी प्रहरीले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*