हेटौंडाको डाटा सेन्टरमा लागेको आगो २ घण्टापछि नियन्त्रणमा आयो

आगलागीका कारण कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा हालका लागि पूर्णरुपमा बन्द
छहारी संवाददाता
अशोज ९, २०७९

हेटौंडा–४ हुप्राचौरमा रहेको डिजास्टर रिकभरी सेन्टर (डाटा सेन्टर) मा आज दिउँसो लागेको आगो नियन्त्रणमा आएको छ ।

सेन्टरको विद्युत् गृह अर्थात ब्याट्री ब्याकपमा करेन्ट सर्ट भएर लागेको आगो करिब दुई घण्टा पश्चात् नियन्त्रणमा आएको हो । जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी निरीक्षक रामचन्द्र घिमिरेका अनुसार दिउँसो ३ बजेबाट लागेको आगो साँझ करिब ५ बजे पूर्णरुपमा नियन्त्रणमा आएको हो ।

आगो निभाउन हेटौंडा उपमहानगरको दुईवटा दमकलसहित नेपाली सेना, वडा प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय, वाग्मती प्रदेश प्रहरी कार्यालय र हेटौंडा उपमहानगरको नगर प्रहरीको टोली परिचालन भएको थियो । आगोलागिबाट भएको क्षतिको विस्तृत विवरण नआएको प्रहरीले जनाएको छ ।

सेन्टरलाई राष्ट्रिय सूचना प्रविधि केन्द्र सिंहदरबारको ‘व्याकअप’को रुपमा प्रयोग गरिँदै आएको थियो । करिब साढे तीनवर्ष अगाडिबाट यस सेन्टर सञ्चालनमा आएको हो । आगलागीका कारण कार्यालयबाट प्रवाह हुने सम्पूर्ण सेवा हाललाई पूर्णरुपमा बन्द गरिएको इञ्जिनियर अभिनाष झाले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*