सामाजिक कार्यका लागि हेटौंडा उपमहानगर सदैव अग्रसर छः उपमेयर बानियाँ
हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँले सामाजिक कार्यका लागि उपमहानगर सदैव अग्रसर रहेको बताउनु भएको छ ।
सामाजिक संस्कार सेवा समिति हेटौंडा—४ कर्राको २५ औं साधारण सभामा बोल्दै उपमेयर बानियाँले जनप्रतिनिधि शासक नभएर सेवक रहेको बताउनुभएको हो । उपमेयर बानियाँले सेवक बनेर नै हेटौंडाको विकासका लागि सदैव लाग्ने प्रतिबद्धता जनाउनुभयो ।
भेलाले अम्बर बहादुर लामाको अध्यक्षतामा १५ सदस्यीय कार्यसमिति चयन गरेको छ । लामा दोस्रो कार्यकालका लागि चयन हुनुभएको हो । समितिको उपाध्यक्षमा रामकृष्ण थापा, सचिवमा शंकर बि.सी, कोषाध्यक्षमा राम प्रसाद बिडारी चयन भएका छन् ।
सदस्यहरुमा राम घोरासैनी, भीम प्रसाद आचार्य, अर्जुन देवकोटा, हरि काफ्ले, बालकृष्ण खतिवडा, सिता भेटवाल, विक्रम लामा, शंकर ढकाल, कृष्ण ढुंगाना, केदार ओझा र गौरब भण्डारी रहेका छन् ।







