भारतबाट अवैध रुपमा भित्राइएको प्रतिबन्धित माछा नष्ट
भारतबाट अवैध रुपमा भित्राइएको प्रतिबन्धित माछा नष्ट गरिएको छ ।
मकवानपुरको भैंसेबाट बराबद गरिएको १ सय ७० केजि माछा शनिबार नष्ट गरिएको हो । ५० केजि प्रतिबन्धित माहुर माछा र १ सय २० केजी खान अयोग्य छडी माछा नष्ट गरिएको हो ।
प्रहरी, माछा व्यवसायी संघ, पशु सेवा कार्यालयका प्रमुख र सञ्चारकर्मीको रहोबरमा सैनीक ब्यारेक भैंस हाताको जंगलमा माछा नष्ट गरिएकोे हो । माहुर माछा नेपालमा बिक्री वितरणका लागि प्रतिबन्ध लगाइएको भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र मकवानपुरका प्रमुख ब्रज किशोर ठाकुरले बताउनुभयो ।







